राजनीति

काँग्रेस केन्द्रीय समितिको भर्चुअल बैठक सुरु


काठमाडौँ — नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । शुक्रबार दिउँसो तीन बजेपछि भर्चुअल माध्यमबाट बैठक सुरु भएको हो । बैठक भर्चुअल भएपनि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा पुगेर बैठकको अध्यक्षता गरेका छन् ।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी पनि सानेपाबाट बैठकमा जोडिएका छन् ।