राजनीति

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न भोलि गठबन्धनको बैठक बस्दै


काठमाडौँ — स्थानीय तहको निर्वाचनका सम्बन्धमा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक शनिबार बस्ने भएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा गठबन्धनको बैठक बोलाउने निर्णय भएको हो ।

स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने कार्ययोजनासहित निर्वाचनले सरकारलाई सिफारिस गरिसकेको छ । आयोगले सिफारिस गरेको लामो समयसम्म पनि स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले चासो नदेखाएपछि विभिन्न आशंकासहितको टिकाटिप्पणी हुँदै आएको छ ।