राजनीति

कोरोना संक्रमणपछि आइसोलेसन नबस्नु नागरिकको जीवनमा गम्भीर खेलबाड !


नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् । एमाले अध्यक्षतिर इंगित गर्दै शर्माले आइसोलेसनमा नबस्नु बहादुरी भन्दा पनि गैरजिम्मेवारी र नियमको अवहेलना गर्नु भएको भनाई छ ।

महामन्त्री शर्माले ट्विट गर्दै लेखेका छन् ‘संक्रमण पुष्टिपछि ञआइसोलेसनझमा बस्नु हामी हरेकको जिम्मेवारी हो। पालना नगर्नु बहादुरी होइन गैरजिम्मेवारीको पराकाष्ठा, कानुनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाडसमेत हो,’ ।

बुधबार ओली कोरोना संक्रमित भएकै अवस्थामा सार्वजनिक कार्यक्रममा देखिएका थिए ।

शर्मा पनि हालै कोरोना संक्रमित भएका थिए। उनले आफू आइसोलेसनमा बसेर आजदेखि पुनस् पार्टी संगठनको काममा फर्केको बताएका छन्। उनलाई दोस्रोपटक कोरोना देखिएको थियो।

‘संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु,’ उनले भनेका छन्।