राजनीति

शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता, संविधान अनुसार ऐन बनाउने तयारी


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज तीन शीर्ष दलका नेताहरुबीच समसामयिक राजनिीतिक घटनाबारे छलफल भएको हो ।

अहिले राजनीतिक चर्चामा रहेको विषय स्थानीय चुनावमा सत्ता गठबन्धनबीच छलफल भएको बुझिएको छ । सत्ता गठबन्धन चुनाव पछि धकल्ने पक्षमा रहँदा निर्वाचन आयोगले भने पटकपटक चुनावको मिति तय सरकारलाई घचघचाइरहेको छ ।

सत्तागठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। संविधानमा कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन् । उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ । संविधान र ऐनमा उल्लेख भएको कुरा बाँजिदा स्थानीय चुनाव नै अन्योलमा परेको छ ।