समाचार

कोरोना संक्रमण दर बढेसँगै मृत्युदर पनि बढ्दो, आज एकैदिन १६ जनाको मृत्यु


काठमाडौँ – नेपालमा कोरोना संक्रमण दर बढेसँगै मृत्युदर पनि बढेको छ । संक्रमणका कारण आज एकैदिन १६ जनाको मृत्यु छ ।

यस्तै १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै ७०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।