राजनीति

उपचारपछि वर्षमान पुन आज स्वदेश फर्किँदै


काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ शनिबार नेपाल फर्किँदै छन् । सामाजिक सञ्जालमार्फत उनले आफू नेपाल फर्किने जानकारी दिएका हुन् ।

उपचारको क्रममा लामो समयदेखि उनी थाइल्याण्ड र चीनमा उपचाररत थिए । लाखौँमा केही जनालाई देखिने जटिल प्रकारको जण्डिसको उपचारका लागि पुन १३ असोजमा बैंकक पुगेका थिए । त्यहाँस्थित समितिभेज अस्पतालमा उपचारबाट सुधार नभएपछि पुनलाई १० मंसिरमा चीन लगेर थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा भर्ना गरिएको थियो ।

उक्त अस्पतालमा उपचार सुरु भएको केही दिनमै उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको थियो ।