कोरोना विशेष

काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि सवारीसाधनमा जोर बिजोर लागू


काठमाडौँ – कोरोना संक्रमण नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यस्तो आदेश जारी गरेको हो।

अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिवार्य लगायतका यसअघिका नियम कायमै छन् ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।