अर्थनीति

सुनमा चार रुपैयाँले गिरावट


काठमाडौँ – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार भने ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेकोमा आज ९१ हजार रहेको छ ।

यता, चाँदी भने प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार हुनेछ । यसअघि एक हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेको महासंघले जनाएको छ ।