मनोरञ्जन

‘वर्ड टुर विथ साइग्रेस’को प्रस्तुती मंसिर १७ गते राष्ट्रिय नाचघरमा


काठमाडौँ — लोकप्रिय ‘स्टोरी टेलर’ साइग्रेस पोखरेलले मंसिर १७ गते नाचघर कार्यक्रम गर्ने भएका छन् । ‘वर्ड टुर विथ साइग्रेस’नाम दिएर देशका विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न गरेका साइग्रेसले काठमाडौँको नाचघरमा समेत कार्यक्रम गर्ने भएका हुन् ।

मंसिर १७ गते दिउँसो ३ः३० बजे कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । नेपालका सातवटै प्रदेशका मुख्य शहरहरूमा कात्तिक २३ देखि मंसिर १७ सम्म तय भएको मूख्य ६ शहरमा सम्पन्न भइसकेको छ ।

दुई घण्टाका लागि आयोजित कार्यक्रममा साइग्रेसले कथा सुनाउनुका साथै पाठकहरूसँग अन्तक्र्रिया गर्नेछन् ।
साइग्रेसले श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथासँगै रेमिट्यान्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथामार्फत प्रस्तुति दिनेछन् ।

‘वल्र्ड टुर विथ साइग्रेस’ कार्यक्रम अन्र्तगत यसअघि धनगढी,पोखरा,झापा,बुटवल,चितवन र धरानमा सम्पन्न भएको छ । कार्यक्रमको टिकेटिङ पार्टनर आइएमई पे, आतिथ्य पार्टनर रोडहाउस क्याफे, एजुकेशन पार्टनर टेक्सस कलेज अफ म्यानेजमेन्ट र आइटीका साथै मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रहेको छ ।