काठमाडौँ — सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको दोस्रो दिनको खेलमा शनिबार पनि दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने पहिलो खेलमा च्याससल युथ क्लव र एपीएफ फुटबल क्लव भिड्दैछन् । दुवैले आफ्नो पहिलो खेल गुमाएका थिए र समान शून्य अंकमा छन् ।
यी दुई टिमबीच अहिलेसम्म लिगमा दुई खेल भएकोमा दुवै बराबरीमा रहेको छ । च्यासले वर्ष ०७५ को लिगबाट माथिल्लो डिभिजनमा डेब्यु गरेको थियो र त्यस क्रममा एपीएफसँग पहिलो भेट भएको थियो ।
त्यो १–१ को बराबरीमा टुंगेको थियो । वर्ष ०७५ मा भएको खेल पनि गोलरहित बराबरीमा टुंगेको थियो । दुवै टिमले लिगको पहिलो चरण गुमाएका थिए ।
एपीएफलाई रेलिगेशनमा जान सक्ने टोली मानिएको थियो । पहिलो खेलको नतिजाले सोही सम्भावनालाई अझ बलियो बनाएको छ ।
च्यासलले यस सिजन राम्रै मेहनत गर्यो, टिम बनाउन । तर नतिजा सुखद रहेन । ललितपुरको अर्को क्लब थ्री स्टारविरुद्ध खेल गुमाएको च्यासललाई अघि बढ्न शनिबारको खेल महत्वपुर्ण छ ।


प्रतिक्रिया