खेलकुद

विश्वकप एसिया छनोटका लागि नेपाल र मलेसिया भिड्दै


काठमाडौँ – आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११ः१५ बजे सुरु हुनेछ ।

ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले मलेसियाविरुद्ध जित हात पार्नुपर्ने हुन्छ । प्रतियोगिताअन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । यस्तै आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ ।

नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्नेछ । छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन छन् ।