कोरोना विशेष

२४ घण्टामा २३२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा २३२ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार ८४५ पीसीआर परीक्षणमा २३२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार १९ पुगेको छ ।

१ हजार २७८ एन्टिजेन परीक्षणमा ६ जनामा पोजिटिभ देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ९ हजार १२३ परीक्षणमा २३८ मा कोरोना पुष्टि भएको छ ।

२४ घण्टाको अवधिमा ३७० जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या ८ लाख ३५९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४० हजार १४ जनाले खोप लगाएसँगै नेपालमा पूर्ण खोप प्राप्त गर्नेको संख्या ७९ लाख ६ हजार ३६९ रहेको छ ।