बैँक / वित्त

नेप्सेमा आज झिनो अंकको गिरावट



काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको पहिलो दिन आज झिनो अंकको गिरावट आएको छ ।

नेप्से आज १ दशमलव ३८ अंकले घटेर दुई हजार ६ सय ८८ दशमलब ९२ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ४ अर्ब ९ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।