बिजनेस

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि देखिएन उल्लास


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से ६ दशमलव ६८ अंकले घटेर २ हजार ५७० दशमलव ८१ को अंकमा झरेको छ । सोमबार २२७ वटा कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज होटल्स एण्ड टुरिजम,माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स कम्पनी र अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको १२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल बैंकको ११ करोड ३५ लाख, हिमालयन डिस्टीलरीको १० करोड २९ लाख र नेशनल हाइड्रोपावर कम्पनीको ९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै आशा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।