बिजनेस

नेप्से परिसूचक दोहोरो अंकले घट्यो


काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से थप ५६ अंकले घटेको छ । आएतबार नेप्से परिसूचक ५६.४८ अंकले घटेर २५ सय ७६.९५ विन्दुमा झरेको हो । यसअघि गत बिहीबार परिसूचक ३२ अंकले घट्दै २६ सय ३३.४२ विन्दुमा रोकिएको थियो ।

आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झर्न पुगेको छ । सबै उपसमूहहरु ऋणात्मक भएर बजारनै राताम्मे भएको यस दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स समूह रहेको छ । आइतबार दुई सय ३२ कम्पनीका ८९ लाख ४८ हजार कित्ता शेयर चार अर्ब ११ करोडमा कारोबार भएका छन् ।