पर्यटन

होटल, रेष्टुरेन्ट त खुले तर ग्राहक शून्य


काठमाडौँ काठमाडौँका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्रका होटेल रेष्टुरेन्ट अझै पनि सुनसान अवस्थामा छन् । चहलपहल बढेका स्थानहरूमा व्यापारले पनि गति लिइरहेको छ । तर, ठमेल क्षेत्रका होटलमा भने व्यापार नभएको होटल व्यवसायीहरूको गुनासो छ ।

लकडाउन र निषेधज्ञाका कारण लामो समय बन्द रहेका होटल रेष्टुरेन्ट व्यवसाय पून सञ्चालनमा आएपनि सुनसान नै छ । काठमाडौंका विभिन्न ठाउँमा सञ्चालनमा आएका होटल रेष्टुरेन्ट ग्राहक नआउदा व्यवसायीहरु मर्कामा परेका छन् । कोरोना कारण झण्डै दुई वर्ष व्यापारमा घाटा व्यहोरेका होटेल व्यवसायीले सरकारको निर्णयसँगै पुन व्यवसायमा फर्किएका थिए । तर, व्यापार शुन्य हुँदा दैनिक खर्च पनि धान्न नसकिएको उनीहरुको गुनाशो छ । सामान्य अवस्थामा यतिवेला काठमाडौंका होटेलहरु भरिभराउ हुने गर्दथ्यो । तर, अहिले सिजनमा समेत व्यापार शुन्य हुँदा व्यवसायीहरु चिन्तित बनेका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण काठमाडौंका रहेका होटल व्यवसाय २ वर्षयता ठप्प थिए । अहिले प्राय सबै होटेलहरु खुलेका छन् । ठमेल क्षेत्रको होटल रेष्टुरेन्टमा पर्यटक नै नआएपछि सुनसान नै छ । होटल व्यवसाय क्षेत्रको व्यापार विगतमा जस्तो हुन नसकेको व्यवसायीको भनाइ छ । ग्राहकको चाप कम भएका कारण पनि होटलको व्यापारमा असर परेको व्यवसायी बताउँछन् ।

कोरोना भाइरस संक्रमणको त्रास र विभिन्न समयमा भएका लकडाउन र निषेधाज्ञाका कारण थला परेका होटेल तथा रेष्टुरेन्ट अझ तङ्ग्रिन सकेका छैनन् । कोरोना संक्रमणको त्रास कायमै रहेको अवस्थामा होटल व्यवसाय पूर्ववत अवस्थामा फर्कन अझै समय लाग्ने निश्चित छ ।