पर्यटन

धौलागिरि प्रथममा नेपाली महिलाको पहिलो पाइला


काठमाडौँ – संसारको सातौं र नेपालको छैटौं ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि प्रथम हिमालको चुचुरामा पहिलोपटक नेपाली महिलाले पाइला राखेका छन्  ।

पासाङ ल्हामु शेर्पा (अकिता) र पूर्णिमा श्रेष्ठले म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको धौलागिरि हिमालमा पहिलोपटक शुक्रबार बिहान ५:३० बजे आरोहण गरी कीर्तिमान बनाएका हुन् ।

गत चैतमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी पूर्णिमाले पाँच महिनापछि धौलागिरि आरोहण गरेकी हुन् । उनी दुवै हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन् । सगरमाथा र अमादब्लम पनि आरोहण गरेकी छन् ।