अर्थनीति

चार दिनपछि सुन उकालो लाग्दै


काठमाडौँ – तीन दिन निरन्तर ओरालो लागेको सुनको मूल्य आज चार दिनको दिनमा भने बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ सयले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आज तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।