बिजनेस

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारको अन्तिम दिन विहीबार दोहोरो अंकको गिरावट आएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेको बजारमा विहीबार फेरि दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से ३२ दशमलव ५१ अंकले घटेर दुई हजार ६ सय ३३ दशमलब ४२ विन्दुमा थामिएको छ । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ ।

विहीबार ३ अर्ब ७० करोड बराबरको कारोबार भएको छ । बुधबार ५ अर्ब २ करोड ८५ लाख बराबरको कारोबार भएको थियो । विहीबार कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् ।