अर्थनीति

सुन तीन दिनदेखि निरन्तर ओरालो लाग्दै


काठमाडौँ – नेपाली बजारमा तीनदिनदेखि सुनको मूल्यमा निरन्तर ओरालो लागिरहेको छ । सुनको मूल्य घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।

मंगलबारदेखि घट्न सुरु भएको सुनको भाउ आज दुई सयले घटेको छ । सोमबार तोलामा ८९ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घट्दै, मंगलबार तोलामा ३००, बुधबार १०० र आज विहीबार २०० ले घटेको हो । हिजो तोलामा ८८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । महासंघले हिजो तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ११ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।