पर्यटन

मनास्लु हिमाल आरोहणको क्रममा क्यानडियन नागरिकको मृत्यु


काठमाडौँ – उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ स्थित मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । ३७ बर्षका क्यानडियन नागरिक ब्रेन्ट सिलको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनास्लु हिमालको चौथो बेसक्याम्प भन्दा अन्दाजी एक सय मिटर माथिको उचाइमा पुगेका बेला उनी अचानक बेहोस भएर ढलेका थिए । बेहोस भएपछि हिमाल आरोहण आयोजक ट्याग नेपाल ट्रेक्स कम्पनीका शंकर कुमार गुरुङले जानकारी दिनुभयो ।

उनको शवलाई स्थानीय वासिन्दाको सहयोगमा कैलाश एयरको हेलिकप्टर मार्फत बुधबार काठमाडौँको शिक्षण अस्पताल लगिएको छ । उनी स्नो होराइजन कम्पनीबाट स्वीकृति लिएर उनी हिमाल चढ्न गएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।