बिजनेस

तीन दिनपछि नेप्सेमा हरियाली, ५ अर्ब २ करोड रुपैयाँको कारोबार


काठमाडौँ – तीन दिन लगातार घटेको नेपाली शेयर कारोबार मापक नेप्से परिसूचकमा बुधवार भने सुधार भएको छ । बुधवार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो । कारोबार रकममा भने खास उल्लास देखिएन ।

दिनभर भएका ६३ हजार ९ सय १६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ५ अर्ब २ करोड ८५ लाख ५५ हजार मात्र पुगेको छ । बजारमा उच्च अंकको सुधार आउँदा अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ । समूहगत सूचक हरु सबै बढेका छन् । धेरै बढ्नेको शिर्ष स्थानमा ग्रीन डेभलपमेन्ट बैंक देखिएको छ ।

त्यस्तै, दोस्रो नम्बरमा अपी हाइड्रोपावर देखिएको छ । बुधवार उच्च अंकले बजार सुधार हुँदा पनि केही कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा शिर्ष स्थानमा मेगा बैंक देखिएको छ ।