खेलकुद

हिजो परेको वर्षाका कारण आजको खेल रद्द


काठमाडौँ – राजधानीमा जारी चौथो सस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटको आजको पहिलो खेल रद्द भएको छ । किङ्स–११ र विराटनगर वारियर्सबीचको हिजो परेको वर्षाका कारण मैदान खेल्न योग्य नभएको भन्दै रद्द गरिएको छ ।

वर्षाका कारण समयमा नै मैदान नसुख्दा खेल रद्द गरिएको हो । काठमाडौं र विराटनगरबीचको खेल अब आयोजकले एकदिने सिग्नलमा सार्न सक्ने छ । बिहान ९ः३० बाट सुरु हुनु पर्ने यी दुईबीचको खेल खराव आउटफिल्डका कारण केही घण्टा रोकिएको थियो । अन्तिम समयसम्म पनि मैदानको अवस्था त्यस्तै नै भए पछि खेल रद्द गरियो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंमा साहिद अफ्रिदी रहेका थिए । पहिलो खेलमा जित निकालेको काठमाडौंका लागि आजको खेल महत्वपूर्ण रहेको थियो ।

यता, करण केसीको कप्तानीमा रहेको विराटनरलाई पहिलो खेलमा पराजित हुँदा आजको खेल महत्पूर्ण रहेको थियो ।