खेलकुद

चितवनको रोमाञ्चक जित


काठमाडौँ – एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज सम्पन्न पहिलो खेलमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ । विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै चितवनले सुखद् सुरुवात गरेको हो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले दिएको १५२ रनको लक्ष्य निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षति पुरा गर्याे । अन्तिम ६ बलमा २ रनको आवश्यकता भएको अवस्थामा बलिङ गर्न आएका अनिल खरेलले पहिलो बलमा विकेट लिँदै चितवनलाई दवावमा पारेको थियो । बाकीको ४ बल डट खेलेको चितवनलका लागि अन्तिम बलमा राजेश पुलामी मगरले चौका प्रहार गर्दै रोमाञ्चक जित हासिल गराए ।

सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरको सुरुवात राम्रो हुन सकेन। आशिफ शेखलाई शुन्य रनमा र चन्द्रपउल हेमराजलाई २ रनमा गुमाएको विराटनगर सुरुमै दवाबमा आएको थियो। यद्यपि अनिल शाह र सिकन्दर राजाले विराटनगरको पारी सम्हाले। सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा २ चौका र ७ छक्काको सहायतामा ६७ रन बनाए। त्यस्तै अनिल शाहले ३२ रन बनाउँदा सौरभ खनाल ३० रनमा अविजित रहे। बलिङतर्फ सोमपाल कामी, कमलसिंह ऐरी, करिम जनत र सागर ढकालले समान २र२ विकेट लिँदा सहाब आलमले समान १ विकेट लिए।

चितवनका लागि पुलामीले अविजित ४३ रन जोड्दा आक्रमक ब्याटिङ गरेका भीम सार्कीले ११ बलमा ५ चौका र १ छक्काको सहायतामा ३० रन जोडे । त्यस्तै दीलिप नाथले २३ रन, करिम जनतले १९ र ओपनर इसान पाण्डेले १० रन जोडे। बलिङतर्फ सिकन्दर राजा र करण केसीले समान २र२ विकेट लिँदा प्रतिस जिसी, अनिल खरेल र रेयन पठानले समान १र१ विकेट लिए।

आजै हुने अर्को खेलमा भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज आमनेसामने हुँदैछन्।