राजनीति

एमाले बैठकमा उठेका विषयमा अध्यक्ष र महासचिवले आज जवाफ दिँदै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको जवाफ आज अध्यक्ष र महासचिवले दिनुहुने भएको छ । सम्बन्धित प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले दिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा १० समूहमा विभाजित टोली नेताहरुले राजनीतिक विषयमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । प्राविधिक विषयमा धेरै अल्झन नहुने उनीहरूको सुझाव छ । बैठकमा कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने विषय पनि उठेको छ । बैठक आजै सकिने कार्यालय सचिव तामाङले बताउनुभयो ।