काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भारत र पाकिस्तानले एक अर्कालाई गम्भीर आरोप लगाएका छन् । महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले जम्मू–कश्मीरमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरिरहेको र नौ लाख जना सैनिक परिचालन गरेर नागरिकलाई यातना र त्रास फैलाएको आरोप लगाए ।
पाकिस्तानी प्रधानमन्त्री खानले कश्मीरका नेताहरुलाई जेलमा राखेको र इन्टरनेट तथा सञ्चारमाध्यममा प्रतिबन्ध लगाएर भारतले चरम तानाशाही शासन गरिरहेको आरोप लगाएको बीबीसीले जनाएको छ । पाकिस्तानले भारतसँग शान्ति चाहे पनि भारतले जम्मु कश्मीरमा देखाइरहेको रबैयाले भारत र पाकिस्तान मात्रै नभइ पूरै दक्षिण एसिया शान्त हुन नसक्ने खानको भनाइ छ ।
पाकिस्तानी प्रधानमन्त्री खानको जवाफमा भारतले पाकिस्तानले अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठनलाई आश्रय दिएको आरोप लगाएको छ । भारतको अभिन्न क्षेत्र भएको दाबी गर्दै भारतले जम्मूको बारेमा लगाएका आरोपमा कुनै सत्यता नरहेको बताएको छ ।
प्रतिक्रिया