खेलकुद

आईपीएल क्रिकेटमा हैदरावादलाई हराउँदै दिल्ली शीर्ष स्थानमा


काठमाडौँ – ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई हराएको छ ।
दुबईमा गएराति भएको खेलमा दिल्लीले हैदरावादलाई ८ विकेटले हराएको हो । हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । यस जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । हैदरावाद ८ खेलमा २ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।