देश

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो


काठमाडौँ – पहिरोका कारण गएरातिदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा खसेको पहिरो बिहान १० बजे हटाएपछि सडकखण्ड खुलेको हो ।

अहिले दुईतर्फी नै गाडी चल्न थालेका प्रहरीले जनाएको छ । तर, गाडीको लामो लाइन भएकाले यो सडकखण्डमा अहिले गाडी चापमा चलिरहेका छन् ।