राजनीति

मन्त्री छनोटबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ –नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाईएको हो ।

बैठकले मन्त्रिपरिषद् विस्तारका लागि मन्त्री छनोट गर्ने एक नेताले जानकारी दिए ।

आजै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको पनि बैठक बस्दैछ ।