राजनीति

परराष्ट्रमन्त्रीको शपथसँगै खड्का अमेरिका यात्रामा


काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेसँगै आज दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । हिजो मंगलबार सत्तारुढ गठबन्धनको बसेको बैठकमा परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति जुटेपछि खड्कालाई मन्त्री बनाउने सहमति भएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउन हतार भएपछि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लाग्नु भएको हो । उनी मन्त्रीको शपथ लिएलगत्तै राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका उड्ने छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको सहमति विना नै खड्कालाई मन्त्री नियुक्त गरिए स्वीकार्य नहुने प्रतिक्रिया दिनुभएको छ । पौडेलले यसै विषयमा छलफल गर्न आज आफ्नो समूहको बैठक पनि डाक्नुभएको छ ।