काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ शीतयुद्ध नचाहने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सम्बोधन गर्दै बाइडेनले चीनको नाम नलिइकनै शोभियत संघसँग दशकौं चलेको जस्तो प्रकारको विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताएका हुुन् ।
अमेरिकाले जोडदार प्रतिस्पर्धा गर्ने र आफ्नै मूल्य मान्यताको तागतमा नेतृत्व गर्ने बाइडेनको भनाइ छ । उनले जलवायु परिवर्तन लगायतका मुख्य विषयहरुको सम्बोधन विश्वले मिलेर गर्नुपर्नेमा जोड दिएका छन् । करिव आधा घण्टा सम्बोधन गरेका बाइडेनले विश्व समुदायलाई राम्रो भविष्यका लागि एकतावद्ध हुन आह्वान पनि गरेका छन् ।
प्रतिक्रिया