काठमाडौँ – कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
दोधाराचाँदनी नगरपालिका–८ कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् ।
आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ ।
घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा उनीहरुले एक्कासी ढुंगामुढा गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
तस्कर समूहलाई नियन्त्रणमा लिने प्रयास गरे भारतीय भूमि नजिकै भएकाले उनीहरू भागेको शसस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया