राजनीति

सरकार र सभामुखको कार्यशैलीमै लाग्यो दाग, एमालेप्रति भेदभाव गरिएको आरोप (भिडियोसहित)


काठमाडौँ – आफुले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरेको सूचना सभामुखले नटाँसे सम्म संसद अवरुद्घ गर्ने बताई रहेको नेकपा एमालेलाई सभामुखले बेवास्त गरिरहेका छन् । प्रतिपक्षी दलसंग निरन्तर संवाद भै रहेको दाबी सरकारले गरे पनि विपक्षीले साामान्य संवाद पनि नगरी जर्बजस्ती सदन चलाएको आरोप लगाएको छ ।

संसदको सवैभन्दा ठुलो दलको माग सम्बोधन नहुदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्घ गरि रहेको छ । तर सभामु्खले पेलेरै बैठक संचालन गरिरहेका छन । सरकारले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता कायम गर्नु पर्नैमा बहुमतको दम्ब देखाउदै गैरजिम्वेवारी पन देखाएको एमालेको आरोप छ । तर सोमबारको संसद बैठकमा विनियोजन विधेयक पारित गराएर बहिरीने क्रममा अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता कायम गर्ने बताए ।

कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि संसदमा भएको अवरोधलाई सुचारु गर्नका लागि आफुले प्रमुख प्रतिपक्षी दलका नेतासँग सम्वाद गरिरहेको दावी गरे । तर उनले प्रतिपक्षी दल एकालेकै कारण बैंठक पुर्ण रुपमा संचालन हुन नसकेको बताए। एमालेले संसदीय मान्यता विपरितको माग राखेको उनको भनाई छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकार र सभामुखको कार्यसैली नै ठिक नभएको बताउछ । एमालेका मुख्य सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताए । सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उनले स्पष्ट पारे । संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उनको भनाई छ । बजेट बारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रुपमा ल्याइएको उनले आरोप लगाए ।

संसदीय अभ्यासमा पहिलो पटक प्रमुख प्रतिपक्षको निशानामा सरकारको साटो सभामुख परेका छन् । यसलाई कतिपयले सभामुख सापकोटाको पक्षपाती व्यवहारका रुपमा बुझिरहेका छन् । तर एमाले पनि आफ्नै अडानमा कायम रहने र सभामुख पनि सत्ताको आड भरोशामा पेलेरै संसद् चलाउने अभ्यासमा गए त्यो संसदीय व्यवस्थामाथिकै मजाक हुनेछ ।