खेलकुद

अन्तिमको केही समय चुक्दा नेपालको हार


काठमाडौँ – एफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत अन्तिमको केही समय चुक्दा नेपालले आफ्नो पहिलो खेलमा हार व्योहोरेको छ । आज भएको खेलमा फिलिपिन्ससँग नेपाल २–१ गोल अन्तरले पराजित भएको हो ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल हार्न बाध्य बनेको थियो । पहिलो हाफको १० औं मिनेटमा नै बिमला चौधरीको गोलबाट नेपालले अग्रता बनाएको थियो । खेल सकिन दुई मिनेट बाँकी छँदा त्यो अग्रतालाई भंग गर्दै फिलिपिन्सले बराबरी गोल फर्कायो । त्यस लगत्तै थप गरिएको समयमा फिलिपिन्सको तर्फबाट थप एक गोल हुँदा नेपाल पराजित भयो ।

नेपालले अब समूह एफको अर्को खेल हङकङसंग असोज ५ गते प्रतिष्पर्धा गर्नेछ । एसिया कपमा छनोट हुने सम्भावना कायम राख्न नेपालले हङकङलाई हराउनै पर्ने दबाव छ ।