काठमाडौँ – अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।
स्रोतका अनुसार तुलसी न्यौपाने र हिरा थापा मन्त्री बन्ने सम्भावना छ । यस्तै ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत र लीलाबल्लभ अधिकारीलाई राज्यमन्त्री बनाउने तयारी छ ।
प्रतिक्रिया