बिजनेस

नेप्सेमा उच्च अंकको गिरावट


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको चौथो दिन बुधबार उच्च अंकको गिरावट आएको छ । बुधबार नेप्से ४० दशमलव २६ अंकले घटेर दुई हजार ८ सय ८९ दशमलब ३ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब ३५ करोड ८० लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज ८.२३ प्रतिशतले बढेको छ । त्यस्तै, एनआइबीएल समृद्धि फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यसको शेयरमूल्य आज ६.८८ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।