खेलकुद

दश खेलाडीमा सीमित युनाईटेड च्याम्पियन लिगको पहिलो खेलमा पराजित


काठमाडौँ – गतराति देखि सुरु भएको युईएफए च्याम्पियन लिग फुटबलको पहिलो खेलमा इंलिस क्लब म्यान्चेष्टर युर्नाटेड पराजित भएको छ । स्वीट्जरल्याण्डको योंग बोइज २–१ गोल अन्तरले पराजित भएको हो ।

बोइजको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीले सुरुवाती अग्रता लिए पनि खेलको अन्तिमसम्म आईपुग्दा बोइज विजयी भएको थियो । युनाईटेडमा पुनरागमन गरेपछिको च्याम्पियन लिगमा पहिलो खेल खेल्दै गरेका क्रिस्टियानो रोनाल्डोले १३ औँ मिनेटमा गोल गरेर युनाइटेडका लागि गोलको खाता खोलेको थियो । ३५ औँ मिनेटमा वान–बिसाका सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो ।

बोइजले बराबरी गोल ६६ औँ मिनेटमा मौमी एनगामालेउ र इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा सिएबाट्चुले गोल गरे ।पहिलो हाफमा पछि परेको योङ ब्वाइजले दोस्रो हाफमा भने राम्रो प्रदर्शन गर्याे । १० खेलाडीमा समेटिएको युनाईटेडलाई दोस्रो हाफको सुरुवाती समयदेखि नै दवावमा राखेको थियो । एक गोलको बराबरीसँगै ७० औं मिनेटमा जिसस लिंगाड रोनाल्डको स्थानमा मैदान छिरेका थिए । लिंगाडले बल नियन्त्रण गर्ने क्रममा विपक्षी टोलीको खेलाडीको पक्षमा बल पुग्दा खेल सकिन केही सेकेन्डमात्रै बाँकी रहँदा युनाईटेडले गोल खान पुग्यो ।