बिजनेस

सामान्य अंकले बढ्यो नेप्से, नौ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार नेप्से ०.२७ अंकले बढेर २ हजार ९४७ दशमलव ६९ विन्दुमा पुगेको छ ।

सोमबार बैंक, विकास बैंक, फाइनान्स, होटल, व्यापार, जीवन बीमा र निर्जीवन बीमा समूहको शेयर सामान्य बढेको छ । जलविद्युत्, उत्पादन, अन्य, माइक्रोफाइनान्स र लगानी समूहको शेयर घटेको छ । आज अजोड इन्सोरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानीमा लाइफ इन्सोरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । कालिका पावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।

आज दुई सय २६ कम्पनीका एक करोड ५६ लाख ८१ हजार कित्ता शेयर नौ अर्ब २९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६१ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।