राजनीति

एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा एमालेको सहभागिता नहुने जानकारी दिएका हुन् ।

एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै निरन्तर संसद् बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सर्वदलीय बैठक आह्वान गरेका थिए । एमालेले अवरोध गरेपछि सभामुखले मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।