खेलकुद

आईसीसीको वरीयतामा नेपाल यथावत्


काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी–ट्वान्टी दुबैमा यथावत रहेको हो ।

एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि ओमान, स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् । एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन् । यस्तै टी–ट्वान्टीमा नेपाल १३ औं स्थानमा रहेको छ । नेपालको टी–ट्वान्टीमा ११ औं सर्वाधिक उच्च वरीयता हो । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ । यस्तै भारत दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।