राजनीति

संसदमा एमालेको नाराबाजी (भिडियोसहित)


काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध गरेका थिए ।