राजनीति

एमालेले कारवाही गरेका १४ सांसद् उपस्थित भए संसद् चल्न नदिने, एमसीसीको विपक्षमा उभिने


काठमाडौँ – नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको छ ।

त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइनुपर्ने बताएका थिए । ओलीले जनताको चाहना नभए एमसीसीको विपक्षमा उभिने बताएका छन्। जनताका लागि काम गर्ने पार्टीले जनताको चाहना विपरीत जान नसक्ने ओलीको दाबी छ ।

आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।