देश

धामीद्वारा क्षेत्रिय सभापतीमा उम्मेदवारीको घोषणा


काठमाडौँ – अछाम क्षेत्र नं २ को क्षेत्रिय सभापतिका लागि टंक धामीले उम्मेदवारी दिने घोषणा गरेका छन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सबल र सक्षम नेतृत्वको खोजि भईरहेको वेला धामीले आफुलाई अब्बल उम्मेदवारका रुपमा प्रस्तुत गरेका हुन् ।

धामी विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय छन् । उनी महेन्द्र रत्न क्याम्पस ताहाचल काठमाडौँ पुर्व स्ववियु सदस्य पनि हुन । शैक्षिक र बौद्धि रुप दुवैमा अब्बल उनी राजनीति शास्त्रमा स्नातकोत्तर गरी , एल.एल.बीका पनि विद्यार्थी हुन् । राजनीतिकालको सुरुवात देखि नै पार्टीमा पढेलेखेका युवाले नेतृत्व गर्ने अवसर पाउनु पर्ने आवाजलाई उठाउँदै आएका उनले सामिप्यता,सदस्यता,प्रशिक्षण ,सक्रियतामा परिचालन तथा नतिजा मुल्यांकनका आधारमा पार्टीलाई हाक्ने बताका छन् ।