राजनीति

नेपालमा अयोग्यलाई मन्त्री बनाउछन् : नेता बिडारी


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता रामनायारण बिडारीले नेपालमा पहिले देखि नै अयोग्यलाई मन्त्री बनाउने परिपार्टी भएको बताएका छन् । नेपालको मन्त्रिपरिषद्को इतिहास हेर्ने हो भने अपवादमा बाहेक सबै अयोग्य नै मन्त्री रहेको उनले प्रतिक्रिया दिएका छन् ।

योहो टेलिभिजनको कार्यक्रम ‘विशेष सन्दर्भ’मा कुरा गर्दै बिडारीले पहिलेदेखि नै चलिआएको परिपार्टी अब हुने मन्त्रिपरिषद् विस्तारमा पनि लागू हुने बताए । उनले आफू मन्त्री बन्न योग्य भए पनि आफूलाई त्यसभित्र नराख्ने बताएका छन् ।