देश

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु, एक घाइते


काठमाडौँ – चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० मा हिजोराति १ बजे पैदल हिडिरहेका २२ वर्षीय युवाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

लम्जुङ जिल्लाको बेसीसहर नगरपालिका–६ स्थायी घर भएका विनोद अधिकारीलाई करिब ११ बजेतिर बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर भएका उनलाई उपचारका लागि मेडिकल कलेज पुर्याइएको थियो । उनीसँगै अर्का २० वर्षीय पैदलयात्री महादेव भण्डारी पनि ठक्करबाट घाईते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १५८२ नम्बरको चालकलाई बससहित जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।