राजनीति

प्रधानमन्त्री देउवाको छोरा पनि राजनीतिमा


काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पनि यसपालि डडेल्धुराबाट क्रियाशील सदस्यता लिएका छन् । डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट यसपालि जयवीरसिंह पनि क्रियाशील सदस्य छन्।

गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का कांग्रेसबाट नै निर्वाचित अध्यक्ष चेतराम भट्टले जयवीरसिंह पनि क्रियाशील सदस्य रहेको बताए। देउवाको कांग्रेसले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा नयाँ क्रियाशील सदस्यता १६६ नम्बरमा सूचीकृत छ । डडेलधुरा देउवाको गृह जिल्ला हो। जयवीरसिंह देउवाका एक्ला सन्तान हुन् ।