राजनीति

एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न बैठक बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका हुन् ।

बैठक अहिले केहीबेरमा संसद भवनको ल्होत्से हलमा बस्ने छ । संसद्मा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको सचेतक भट्टराईले बताए ।

एमालेले संसद् बैठक सुचारु हुन नदिने संकेत गरेको छ । दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर पार्टी विभाजित भएपछि एमाले सरकार र सभामुखप्रति आक्रामक बनेको छ ।