राजनीति

एमसीसीको विरोधमा जनकपुरमा क्रान्तिकारी माओवादीको प्रदर्शन


काठमाडौँ – एमसीसीको विरोधमा क्रान्तिकारी माओवादीले विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका क्रममा सो पार्टीले जनकपुरधामको गोपाल धर्मशालाबाट निकालेको जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका इन्चार्ज यादवले सार्वभौम सम्पन्न मुलुकको रुपमा रहेको नेपाललाई आफ्नो स्वार्थपूर्तिका लागि संसदीय दलका नेताले मुलुकलाई आधुनिक दास बनाउन चाहेको आरोप लगाउनुभयो ।

उहाँले एमसीसी परियोजना सांसदबाट पारित गरेर विदेशीको गुलाम बन्न नहुने भन्दै तत्काल एमसीसी सम्झौता फिर्ता गर्न सरकारसँग माग गर्नुभयो ।