बिजनेस

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकको गिरावट आएको छ । मंगलबार नेप्से ४४ दशमलव १८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६१ विन्दुमा थामिएको छ । त्यस्तै, मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ४९ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन् । नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रहेको छ ।

त्यस्तै, आज आरएमडीसी लघुवित्त वित्तिय संस्था र रु रु जलविद्युत परियोजना कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।