राजनीति

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै



काठमाडौँ – आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्दैछ ।

दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको छ ।

भोलिदेखि शुरू हुने संघीय संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिन बैठक बोलाइएको बुझिएको छ । कांग्रेस स्रोतका अनुसार मंगलवारको संसदीय बैठकमा एमसीसी अनुमोदनबारे समेत छलफल हुनेछ ।

एमसीसी अनुमोदनबारे अहिलेसम्म संसदीय दलबाट औपचारिक निर्णय गरेको छैन । मंगलवारको बैठकमा संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तयारी छ ।

संसद्को यही अधिवेशनबाट सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० नामक अमेरिकी आर्थिक सहयोग कार्यक्रम अनुमोदन गराउने तयारी गरेको छ ।